उत्तरबंग विश्वविद्यालयका उप-कुलपतिलाई हटाउने मागमा एबीभीपी-द्वारा विरोध प्रदर्शन

सिलगढी उत्तरबंग विश्वविद्यालय भ्रष्टाचारको अखाड़ा बनेको आरोप लगाउँदै अखिल भारतीय विद्यार्थी परिषदले आज गाँधीजीको सालिग नजिक विरोध प्रदर्शन गर्यो। अखिल भारतीय छात्र परिषदको प्रदेश सचिव सुभब्रत अधिकारीले बताएअनुसार उत्तरबंग विश्वविद्यालय उत्तर बंगालको गौरव हो। तर वर्तमान उप-कुलपतिले उत्तर बंगाल विश्वविद्यालयलाई भ्रष्टाचारको अखाड़ा बनाएको छ, जुन हामी विद्यार्थीहरूलाई स्वीकार छैन। उप-कुलपतिलाई त्यहाँबाट नहटाएसम्म अखिल भारतीय विद्यार्थी परिषदको सबै सदस्यहरूले आन्दोलन जारी राख्नेछ। यस अवसरमा संगठनका सदस्यहरूले उप-कुलपति सुबीरेश भट्टाचार्यको पुतला दहन गर्ने प्रयास गर्दा पुलिसले तिनीहरूलाई रोकिदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *