उत्तरबंग फुल मेलामा रक्तदान शिविरको आयोजना

सिलगढी : सिलगढी हर्टिकल्चर सोसाइटी एवम् सिलगढी वेलफेयर अर्गनाइजेसनको संयुक्त पहलमा आयोजना गरिएको 38औँ फुल मेलामा आज रक्तदान शिविरको आयोजना गरियो। सिलगढीको कञ्चनजङ्घा स्टेडियमको मेला प्राङ्गणमा आयोजित उक्त शिविरमा उत्तरबंगको विभिन्न प्रान्तका फुल व्यवसायीहरूले स्वेच्छाले रक्तदान गरे। हाल सिलगढीको विभिन्न अस्पतालहरूमा रगतको संकट देखापरेकोले यसको समाधान गर्ने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको बताइएको छ। उक्त शिविरमा 30 युनिट रगत संग्रह गरियो भने संग्रहित गरिएको रगत सिलगढी जिल्ला अस्पतालको ब्लड ब्याङ्कमा पठाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *