उत्तर बंगाल आदर्श योग अकादमीको तर्फबाट जजेज कन्फ्रेन्सको आयोजना

सिलगढी : उत्तर बंगाल आदर्श योग अकादमीको तर्फबाट आज सिलगढीको कञ्चनजङ्घा स्टेडियममा जजेज कन्फ्रेन्स 2022-को आयोजना गरियो। छिमेकी देश नेपाल र छिमेकी राज्य बिहार सहित उत्तर बंगाल र दक्षिण बंगालको आठवटा जिल्लाका मोठ 68 जना योग विशेषज्ञहरूले उक्त कन्फ्रेन्स भाग लिएका थिए। उत्तर बंगाल आदर्श योग अकादमीका प्रमुख शिव हाजराले बताएअनुसार उक्त कन्फ्रेन्समा विभिन्न जिल्लाहरूबाट योग प्रतिनिधिले अंश ग्रहण गरे। उत्तर बंगालको सबै भागहरूमा योगको प्रसार गर्नको साथै उत्तर बंगालका योग खेलाड़ीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अझ सफल बनाउनु आफूहरूको उद्देश्य रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.