उत्तर बंगाल अनुसूचित जाति तथा आदिवासी संगठन ‘उज्जास’-को 9 सुत्रीय मागलाई लिएर धरना शुरू

सिलगढी : कामतापुरी भाषालाई राष्ट्रिय मान्यता दिइनुपर्ने तथा 8औँ अनुसूचीमा सामेल गर्नुपर्ने, विभिन्न प्रशिक्षण संस्थानहरूमा 60 प्रतिशत भूमिपुत्रहरूको लागि सीटको आरक्षण लगायत विविध मागलाई लिएर आज उज्जास कमिटीले आन्दोलन शुरू गर्यो। प्राप्त जानकारी अनुसार, अस्सीको दशकदेखि उत्तर बंगाल अनुसूचित जाति तथा आदिवासी संगठन उज्जासले उत्तर बंगालमा विभिन्न समुदायहरूको विविध मागहरूको लागि लोकतान्त्रिक तरिकाले आन्दोलन गरिरहेको छ। आज संगठनका सदस्यहरूले 9 सूत्रीय मागमा सिलगढी कोर्टमोड़स्थित महात्मा गाँधीको सालिग अघि धरनामा बसेर एकपल्ट फेरि आन्दोलन शुरू गरेको छ। यस सन्बन्धमा संगठनका केन्द्रीय कमिटीका अध्यक्ष रन्जना रायले बताएअनुसार उत्तर बंगाललाई प्रत्येक क्षेत्रमा पछि राखिएको छ। उत्तर बंगालमा धेरैवटा भाषा बोल्ने मानिसहरू बसोबास गर्दछन्। तर कसैलाई तिनीहरूको पर्वाह छैन। यसैले आज धरनाको माध्यमद्वारा सरकारको ध्यान आकर्षित गरिरहेका छौँ। यदि आफूहरूको माग पुरा नगरेको खण्डमा आगामी दिनमा वृहत् आन्दोलन गर्ने तिनले चेताउनी दिइन्। अर्कोतिर, उज्जासको केन्द्रीय कमिटीका सह अध्यक्ष सत्येन प्रसाद रायले भने, धरनापछि महकुमा शासकको माध्यमद्वारा राज्यको मुख्यमन्त्री ममता ब्यानर्जीलाई एउटा ज्ञापन पत्र चढाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *