उत्तर बंगालको युवा मोर्चाका नेतृत्वहरूसित राजु विष्टले गरे बैठक

सिलगढी : भाजपा राष्ट्रिय प्रवक्ता तथा दार्जिलिङका सांसद राजु विष्टले आज सिलगढीमा उत्तर बंगालका भाजपा युवा मोर्चाका नेतृत्वहरूको साथमा एउटा बैठक गरे। तिनले सिलगढी लगायत उत्तर बंगालका केही जिल्लाका युवा मोर्चाका जिल्ला सभापति तथा अन्य नेतृत्वहरूको साथमा संगठनलाई अझ दह्रिलो बनाउने उद्देश्य लिएर उक्त बैठक गरिएको बताइएको छ। यसको साथै आगामी दिनमा के-कस्तो कार्यसूची ग्रहण गर्ने विषयमा पनि बैठकमा व्यापक चर्चा परिचर्चा गरियो। अर्कोतिर, राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आउँदो 5 सेप्टेम्बरको दिन सिलगढी आउने भएकी छन् भने तिनले यहाँ प्रशासनिक बैठक गर्ने पार्टी सूत्रमार्फत् थाहा लागेको छ। यस अवसरमा राजु विष्टले भने, मुख्यमन्त्री ममता ब्यानर्जीले यहाँको समस्याहरूबारे चर्चा गर्नु उचित रहेको साथै उत्तर बंगाल विकासको क्रममा वञ्चित रहेकोले यहाँ विभिन्न परियोजना लागू गर्न आवश्यक रहेको बताए। यसैले मुख्यमन्त्री उत्तर बंगाल भ्रमणमा आउन अगावै तिनलाई उत्तर बंगालको विविध समस्याहरूलाई माग पत्र पठाइने सांसद विष्टले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *