उत्तर बंगालमा बढ्यो ठण्डा, डुवर्सको लेपचाखा गाउँमा असिना पानी

अलिपुरद्वार : वर्षको अन्तमा उत्तर बंगालमा अचानक ठण्डा बढेको छ। गत राति डुवर्सको बक्सा पहाड़मा अधिक मात्रामा असिना पानी परेपछि यहाँको लेपचाखा नाम गरेको सानो गाउँमा असिनाले ढाकिएको थियो। प्राप्त जानकारी अनुसार हिजो दिउँसोदेखि अलिपुरद्वार जिल्लाको बक्सा लेपचाखा इलाकामा तापमानमा ह्रास आएको थियो भने गत राति लगभग 11 बजीदेखि असिना पानी परेको बताइएको छ। तथापि, केही समय परेको असिना पानीले पुरा गाउँ बरफको सेतो च्यादरले ढाकेको जस्तो देखियो। आज बिहान पनि लेपचाखा गाउँको विभिन्न ठाउँमा चारैतिर असिनाले ढाकेकोले सेताम्मे देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *