उत्तर बंगालमा चुनाउ प्रचारको लागि सिलगढी आइपुगिन् ममता ब्यानर्जी

सिलगढी : तृणमूल नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जी उत्तर बंगालमा चुनाउ प्रचार गर्नको लागि आज सिलगढी आइपुगिन्। तिनी आज साँझ बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि त्यहाँबाट सोझै सालुगढास्थित एउटा नीजि होटलतर्फ प्रस्थान गरिन्। तिनले आज सालुगढाको होटलमै रात बिताउनेछिन्। यसपछि भोलि मंगलबार तिनले सिलगढीमा चुनाउ प्रचार गर्ने भएकी छन्। तिनी केही दिनसम्म उत्तर बङ्गालमा बसेर तृणमूल प्रार्थीहरूको समर्थनमा आयोजना गरिने विविध कार्यक्रम तथा चुनावी जनसभाहरूमा अंश ग्रहण गर्ने भएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *