उत्तर बंगालमा रोजगार बढ़ाउन छिमेकी राज्यहरूसित व्यापार सम्बन्ध राम्रो बनाउने : निशीथ प्रामाणिक

इस्लामपुर : उत्तर बंगालमा रोजगार बढ़ाउने उद्देश्य लिएर छिमेकी राज्यहरूसित व्यापार सम्बन्ध राम्रो बनाउने केन्द्रीय गृह राज्य मन्त्री निशीथ प्रामाणिकले बताए। आज उत्तर दिनाजपुर जिल्लाको भाजपा कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर तिनले यस प्रकारको मन्तव्य पोखे। तिनले बताएअनुसार उत्तर बंगालका छिमेकी राज्यहरूसित व्यापारिक सम्बन्ध राम्रो बनाउने तथा अन्तरिम सुरक्षालाई सुव्यवस्थित गरिनेछ। यसको साथै अन्तरिम सुरक्षालाई विशेष ध्यान दिइने तिनले बताए। यसबाहेक उत्तर बंगालका खेलप्रेमी मानिसहरूको धेरै समय अघिदेखि रहेको माग अनुसार उत्तर बंगालमा एउटा स्पोर्टस् हब तयारी गरिने परियोजना रहेकोबारे तिनले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *