उत्तर बंगाल मेडिकल कलेजबाट नवजातको शव उद्धार

सिलगढी : उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालको पुरानो लेडी होस्टल नजिक पानीको  ट्याङ्कीबाट एउटा नवजातको शव उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान एकजना एम्बुलेन्स चालक  मेडिकल कलेजको पुरानो लेडी होस्टेल नजिक वाहन राख्न गएको समय तिनले पानीको ट्याङ्कीभित्र एउटा नवजातको शव देखेपछि मेडिकल आउट पोस्ट चौकीलाई यसबारे खबर दिए। घटनाको खबर पाएर पुलिस र सिलगढी दमकल विभागका कर्मीहरू घटनास्थलमा पुगेर नवजात शिशुको शव उद्धार गरे। 1 देखि 2 दिनको नवजातको शव  रहेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *