उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा 50 वटा कोभिड आईसीयु बेडको उद्घाटन

सिलगढी: उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा 50 वटा कोभिड आईसीयु बेडको विधिवत् उद्घाटन गरियो। राज्य सरकारको तत्वावधानमा आज राज्यका स्वास्थ्य मन्त्री चन्द्रिमा भट्टाचार्यले कोलकाताबाट आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा 50 वटा कोभिड आईसीयु बेडको वर्चुअल उद्घाटन गरिन्।


साधरण मानिसहरूलाई अब अझ उच्च गुणवत्ता चिकित्सा सेवाहरू निःशुल्क प्राप्त हुनेछ। यस सम्बन्धमा उत्तरबंग जन स्वास्थ्य विभागको ओएसडी डा. सुशान्त रायले जानकारी दिँदै उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा 50 वटा आईसीयु बेडको उद्घाटन गरेको बताए। हाल त्यहाँ मोठ बेडको संख्या 150 वटा रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *