उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको जीर्णोद्धार गरिने : गौतम देव

सिलगढी : उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको बुनियादी ढाँचालाई जीर्णोद्धार गर्ने रोगी कल्याण समितिका चेयरम्यान गौतम देवले पहल गरेका छन्। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा आज रोगी कल्याण समितिको एउटा महत्वपूर्ण बैठक सम्पन्न भयो। यस अवसरमा गौतम देवले भने, असामाजिक गतिविधि रोक्नको लागि केवल मेडिकल कलेज परिसरमा मात्र नभएर यसको छेउछाउका क्षेत्रहरूमा पनि सीसीटीभी क्यामारा जडान गरिनेछ। अस्पतालको अघि रहेको सबै दोकानहरूलाई त्यहाँबाट हटाइने तथा अस्पताल परिसरमा कुनै प्रकारको पार्किङ गर्न निषेध गरिने तिनले बताए। यसको साथै मेडिकल आउटपोस्टमा सिज गरिएको वाहन राखिने छैन। यसबारे चाँडै पुलिस कमिश्नर तथा स्वास्थ्य अधिकारीहरूसित पनि बैठक गरिने तिनले बताए। तिनले अझ भने, मेडिकलका केही डाक्टरहरू केही दिन अघिदेखि अस्पतालमा नआएकोले चाँडै ती सबै चिकित्सकहरूविरुद्ध कठोर पदक्षेप ग्रहण गरिने साथै नयाँ चिकित्सकहरू नियुक्त गरोस् भन्ने विषयमा स्वास्थ्य विभागमा आवेदन जनाइनेछ। ग्रीन सिटी अन्तर्गत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको सौन्दर्यीकरण तथा स्थायी रूपमा पिउने पानीको व्यवस्था गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *