उत्तरबंग मेडिकल कलेजका 3 वरिष्ठ डाक्टरसहित अन्य स्वास्थ्य कर्मीहरू कोरोना संक्रमित

सिलगढी: उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका वरिष्ठ 3 जना डाक्टरसहित स्वास्थ्य कर्मीहरू कोरोना संक्रमित भएका छन्। प्राप्त जानकारीअनुसार मेडिकलका 3 जना शीर्ष डाक्टर, एमबीबीएसका विद्यार्थीहरू तथा अस्पतालका स्वास्थ्य अधिकारीहरू कोरोना संक्रमित भएपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा अब चिकित्सा परिसेवालाई लिएर समस्या देखा पर्ने सम्भावना अधिक बढेर गएको छ। उत्तर बङ्गालको कोरोना सम्बन्धी विशेष ड्युटीमा खटिएका अधिकारी डा. सुशान्त राय पनि कोरोना पोजेटिभ भएपछि तिनलाई बालाघाटा अस्पताल कोलाकातामा उपचारको निम्ति लगिएको छ। डा. राय बाहेक नर्थ बेङ्गल मेडिकल कलेजका प्रिन्सिपल डा. इन्द्रजीत शाह, प्याथोलोजी डिपार्टमेन्टका एसोसेट प्रोफेसर डा. कल्याण कहन पनि कोरोना संक्रमित भएका छन्। यसैगरी, अस्पतालका सुपरीटेन्डेन्ट सञ्जय मल्लिकसित कार्य गर्ने 5 जना अन्य स्वास्थ्य कर्मीहरू पनि कोरोना संक्रमित भएको बताइएको छ।  


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *