उत्तरबंग मेडिकल कलेजको सरकारी आवास जर्जर अवस्थामा

सिलगढी : उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा सरकारी आवासको अवस्था जर्जर रहेकोले कुनै पनि समय भत्किन सक्ने डरले वासिन्दाहरू चिन्तित छन्। प्राप्त जानकारी अनुसार  गत राति आएको हल्का हावा पानीले आवासको अघिल्तिरको एउटा सानो भाग भत्केर झरेपछि त्यहाँ बसोबास गर्ने मानिसहरूले डराइरहेका छन्। तिनीहरूले बताएअनुसार अस्पताल अधीक्षक तथा कलेज प्रिसिन्पल लगायत अन्य विभिन्न अधिकारीहरूलाई क्वार्टरको जर्जर स्थितिबारे अवगत गराए तापनि कुनै पहल गरेको छैन। हावा हुँडरी तथा भूकम्पको भयले आफूहरूलाई सताइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *