उत्तरबङ्ग मेडिकल कलेजमा बढाइयो सुरक्षा व्यवस्था, हाई सिक्योरिटी डोर अनि सीसीटीभी क्यामेरा लगाइने

सिलगढी, 29 अक्टोबर (निसं): अन्तत: उत्तरबङ्ग मेडिकल कलेज एवं अस्पतालमा सुरक्षा बढाइएको छ। अस्पतालमा आधुनिक ‘हाई सिक्योरिटी डोर’ अनि सीसीटीभी क्यामेराहरू पनि लगाइने छ। आरजी कर घटनापछि राज्यभरिका सबै सरकारी मेडिकल कलेज एवं अस्पतालहरूमा सुरक्षा व्यवस्था सुनिश्चित गर्नका लागि जुनियर डाक्टरहरूले विरोधमा सहभागिता जनाएका थिए। सर्वोच्च अदालतले राज्य सरकारलाई मेडिकल कलेज एवं अस्पतालहरूमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन दिएको छ। यसैलाई मध्येनजर गरेर उत्तरबङ्ग मेडिकल कलेज एवं अस्पतालमा कठोर सुरक्षा गरिएको हो।
उत्तरबंग मेडिकलमा 28 वटा नयाँ अत्याधुनिक हाई सिक्योरिटी दैलोहरू लगाइनेछ। यी आधुनिक दैलोहरू विभिन्न चिकित्सा विभागका डाक्टरहरूको विश्राम कक्षमा लगाइनेछन्। दैलोको बाहिर एउटा ‘फिंगर प्रिन्ट मेशिन’ हुनेछ। डाक्टरले हातको छाप दिएपछि मात्र दैलो खोलिइने छ। यसको साथै मेडिकल परिसरमा 41 वटा नयाँ सीसीटीभी क्यामेराहरू पनि लगाइनेछ।
उत्तरबङ्ग मेडिकल कलेज एवं अस्पतालका अधीक्षक सञ्जय मलिकले भने, 44 वटा चिकित्सा विश्राम कक्षहरूको नवीनीकरण गरिएको छ। पहिलो चरणमा 28 वटा हाई सिक्योरिटी डोर लगाउने काम सुरु गरिएको छ। त्यसको साथै 41 वटा नयाँ सीसीटीभी पनि लगाइनेछ। यसैगरी, 60 जना अतिरिक्त सुरक्षाकर्मी तैनाथ गरिएको छ। पुलिसले निगरानी बढाउनका लागि सम्पूर्ण परिसरमा गश्ती पनि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoCasibomjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetkingroyalDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetradissonbetholiganbet girişgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes