उत्तरबंग मेडिकलमा नर्सिङ होस्टेलको शौचालयबाट झुन्डिएको अवस्थामा छात्राको शव उद्धार

सिलगढी : उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको नर्सिङ होस्टेलको शौचालयबाट झुन्डिएको अवस्थामा प्रथम वर्षको एउटी छात्राको शव उद्धार भएको छ। मृतक छात्रा दक्षिण दिनाजपुर जिल्ला निवासी 20 वर्षीय मिताली बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार मितालीको आमाको हालैमा निधन भएको थियो। यसै विषयलाई लिएर तिनी तनाउमा थिइन्। आज बिहान अन्य छात्राहरूले झुन्डिरहेको अवस्थामा मितालीको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पताल आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर शव उद्धार गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *