उत्तरबंग मोबाइल टावर श्रमिक संघद्वारा श्रम अधिकारीलाई ज्ञापन

सिलगढी : 6 सूत्रीय मागलाई लिएर उत्तरबंग मोबाइल टावर श्रमिक संघले आज श्रम विभागका अधिकारीसित भेट गरेर एउटा ज्ञापन पत्र चढायो। उक्त ज्ञापन पत्रमा मुख्य माग वेतन वृद्धि रहेको छ। यसको साथै 8 घण्टाको कार्य अवधि रहे तापनि तिनीहरूले 24 घण्टा काम गर्न परेकोले सो बन्द गर्नु पर्ने माग रहेको छ। उत्तरबंग मोबाइल टावर श्रमिक संघले 6 सूत्रीय मागलाई लिएर उत्तर बंगालको 8 वटा जिल्लाका सबै कार्यकर्ताहरूको उपस्थितिमा श्रम विभागलाई एउटा ज्ञापन चढाएको संगठनका गोपाल रायले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *