उत्तरबंग उत्सवको आडमा मुख्यमन्त्री ममताले चुनाउ प्रचार गरिरहेकी छन् : अशोक भट्टाचार्य

सिलगढी : उत्तरबंग उत्सवको आडमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले चुनाउ प्रचार गरिरहेको सिलगढीका विधायक तथा नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले आरोप लगाएका छन्। मुख्यमन्त्री ममता ब्यानर्जीले हाल उत्तरबंग उत्सवलाई लिएर यहाँका विभिन्न ठाउँहरूमा परिभ्रमण गर्नको साथै विभिन्न परियोजनाहरूको घोषणा साथै उद्घाटन गरिरहेकी छन्। यसै क्रममा हिजो पहिलो दिन सिलगढीको बाघाजतीन पार्कमा उत्तरबंग उत्सव उद्घाटनको नाममा मुख्यमन्त्रीले चुनाउ प्रचार गरेको अशोक भट्टाचार्यले आरोप लगाएका छन्। तिनले अझ भने, देशका प्रधानमन्त्री नरेन्द्र मोदीले जसरी सरकारी कार्यक्रमलाई दलीय कार्यक्रममा परिणत गर्यो ठिक त्यसरी नै मुख्यमन्त्रीले पनि तिनको मार्ग अनुसरण गर्दै हिजो सिलगढीको बाघाजतीन पार्कमा आयोजित कार्यक्रमको मञ्चलाई मुख्यमन्त्रीले राजनैतिक प्रचार मञ्चको रूपमा प्रयोग गरेको आरोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *