उत्तरबंग सेवा भारती खोरीबारी-द्वारा रक्तदान शिविरको आयोजना

खोरीबारी : उत्तरबंग सेवा भारती खोरीबारी खण्डको तर्फबाट श्री कृष्ण सिधु विद्या मन्दिर झारूजोत पानीट्याङ्कीमा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरमा युवाहरूले स्वेच्छाले रक्तदान गरे। उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा रगतको कमी भइरहेकोले गर्दा नै आज झारूजोत पानीटङ्कीमा उत्तरबंग सेवा भारती खोरीबारी खण्डको तर्फबाट उक्त रक्तदान शिविरको आयोजना गरिएको दीपाङ्कर सिंहले बताए। शिविरमा लगभग 70 युनिट रगत संग्रह गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *