उत्तर दिनाजपुर जिल्लाको 9 आसनमध्ये तृणमूल 7, भाजपा 2 आसनमा विजयी

इस्लामपुर  : उत्तर दिनाजपुर जिल्लाको 9 वटा विधानसभा आसनको 7 वटा आसनमा तृणमूलले जीत हासिल गरेको छ भने अन्य 2 वटा आसनमा भाजपा विजयी बनेको छ। चोपडामा तृणमूल प्रार्थी हामिदुल रहमान 64,340 मतले विजयी बनेका छन्। यसैगरी, इस्लामपुरमा तृणमूल प्रार्थी अब्दुल करिम चौधरी 37,451 मतले, गोयालपोखर विधानसभा तृणमूल प्रार्थी गुलाम रब्बानी 74,235 मतले, चाकुलिया विधानसभा आसनमा तृणमूल प्रार्थी मिनहाजुल आरफिन आजाद 31,850 मतले, करणदिघीमा तृणमूल प्रार्थी गौतम पाल 37,000 मतले, हेमताबादमा तृणमूल प्रार्थी सत्यजीत बर्मन 20,000 मतले, इटाहारमा तृणमूल प्रार्थी मोशारफ हुसेन 44,075 मतले विजयी बनेको छ। अर्कोतिर, रायगञ्ज एवम् कालियागञ्ज विधानसभा आसनमा भाजपाले जीत हासिल गरेको छ। रायगञ्ज विधानसभा आसनका भाजपा प्रार्थी कृष्ण कल्याणी 19,676 मतले अनि कालियागञ्ज विधानसभामा भाजपा प्रार्थी सौमेन राय 21,854 मतले विजयी बनेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *