उत्तरकन्या अभियानमा प्राण गुमाउने उलेन रायका परिवारसित भेट गरे प्रह्लाद सिंह पटेलले

राजगञ्ज : उत्तरकन्या अभियान अवधि प्राण गुमाउने भाजपा कार्यकर्ता उलेन रायको परिवारका सदस्यहरूसित केन्द्रिय संस्कृति तथा पर्यटन मन्त्री प्रह्लाद सिंह पटेलले भेट गरे। तिनी आज बिहानै राजगञ्जको मान्तादारी निवासी मृतक उलेन रायको घरमा गएर तिनका परिवारका सदस्यहरूसित भेट गर्नको साथै आफू सदैव परिवारको साथमा रहने आश्वासन पनि दिएका छन्। यस अवसरमा तिनीसित जलपाईगढी जिल्ला भाजपा सांसद डा. जयन्त कुमार राय, भाजपा जिल्ला सभापति बापी गोस्वामी लगायत भाजपाका अन्य नेतृत्वहरू उपस्थित थिए। उत्तरकन्या अभियान अवधि पुलिसको गोली लागेर मृत्यु भएको भाजपा कार्यकर्ता उलेन रायको परिवारले आफ्नो मान्छे गुमाए तापनि तिनीहरूले साहसको परिचय दिएको बताउँदै केन्द्रिय मन्त्रीले तिनीहरूको प्रशंसा गरे। मृतकका परिवारका सदस्यहरूले उक्त घटनाको न्याय पाउनुपर्ने माग गरेका छन् भने भाजपाको तर्फबाट तिनीहरूलाई न्याय दिलाउने मन्त्रीले आश्वासन दिएका छन्। पश्चिम बंगालमा कानुन तथा गणतन्त्र नरहेको आरोप लगाउँदै तिनले अब यस प्रकारको नीतिलाई सहन नगरिने बताए। चार महिनापछि राज्यमा विधानसभा चुनाउ रहेकोले उक्त चुनाउमा भाजपाले विपुल मतले विजय हासिल गरेर सत्तामा आएपछि कानुनअनुसार शासन चलाउने तिनले दावी गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *