उत्तरकन्या अभियान सफल बनाउन सिलगढीमा भाजपाको र्‍याली

सिलगढी : आगामी सोमबार सिलगढीमा भाजपाको उत्तरकन्या अभियान सफल बनाउने उद्देश्य लिएर भाजपाले आज भाजपा सदर कार्यालयबाट एउटा र्‍यालीको आयोजना गर्यो। भाजपा सांसद सौमित्र खाँले उक्त र्‍यालीको नेतृत्व गरेका थिए। उक्त र्‍यालीमा भाजपा सिलगढी सांगठनिक जिल्ला सभापति प्रवीण अग्रवाल लगायत भाजपाका अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा सौमित्र खाँले भाजपा उत्तरकन्या अभियान अवधि यदि पुलिसले र्‍यालीलाई रोक्ने प्रयास गरेको खण्डमा आफूहरूले ब्यारिकेड भत्काइदिनेछौँ भनी बताए। तिनले अझ भने, मुकुल रायलाई फँसाउने प्रयास गरिरहेको आरोप लगाउँदै भाजपा सत्तामा आएपछि मुकुल रायलाई चार्जसिट पठाउने सीआईडी अफिसरविरुद्ध कार्वाही गरिने बताए।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *