उत्तरकन्या अभियान सफल बनाउन नक्सलबारीमा डीवाईएफआई-को बैठक

नक्सलबारी : डीवाईएफआई-का राज्य सचिव मिनाक्षी मुखर्जीले आगामी 13 अप्रेलको उत्तरकन्या अभियानलाई सफल बनाउने उद्देश्य लिएर नक्सलबारी पार्टी कार्यालयमा बैठक गर्यो। नक्सलबारीमा आज र्‍याली निकालेपछि मिनाक्षी मुखर्जीले पार्टीका नेता तथा कार्यकर्ताहरूसित एउटा बैठक गरिन्। यस अवसरमा मिनाक्षी मुखर्जीले भनिन्, रिक्त पदहरूमा स्थायी नियुक्ति, स्थायी नयाँ रिक्त पदहरू सृजना गर्नुपर्ने, भ्रष्टाचार तथा विभाजनको राजनीति बन्द गर्ने मागलाई लिएर आगामी 13 अप्रेलमा उत्तरकन्या अभियानको आह्वान गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *