उत्तरकन्या नजिक दुईवटा बस ठोक्किँदा धेरैजना यात्रीहरू घाइते

राजगञ्ज : एसियन हाइवे 2-को उत्तरकन्या इलाकामा आज दुईवटा बस ठोक्किँदा केही यात्रीहरू घाइते भएका छन्। स्थानीय सूत्रले दिएको जानकारीअनुसार आज बिहान 7 बजी एउटा मिनी बस र टुरिस्ट बस सिलगढीदेखि जलपाईगढीतर्फ गइरहेको थियो। त्यस समय यात्री उठाउनको लागि मिनी बस उत्तरकन्या नजिक एसियन हाइवेमा रोकिँदा टुरिस्ट बसले पछिल्तिरबाट धक्का दिँदा दुवै बसका धेरैजना यात्रीहरू घाइते हुनको साथै बसहरू क्षतिग्रस्त भएको बताइएको छ। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा पठाउनको साथै दुईवटा बस आफ्नो नियन्त्रणमा लिएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *