उत्तरप्रदेशबाट चोरी गरेको वाहनसितै 2 जना पक्राउ

सिलगढी : वाहन चोरी गरेको त्यसको नम्बर प्लेट बदली गर्दै तस्करी गर्ने उद्देश्यले असम लगिरहेको समय एनजेपी थाना पुलिसले अभियान चलाएर 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू उत्तरप्रदेश निवासी क्रमैले योगेन्द्र कुमार र भुपेन्द्र कुमार सामेल छन्। प्राप्त जानकारी अनुसार योगेन्द्र कुमार र भुपेन्द्र कुमारले उत्तरप्रदेशबाट वाहन चोरी गरेर उक्त वाहन असममा तस्करी गर्ने उद्देश्य लिएर सिलगढी आइपुगे।


उत्तरप्रदेशबाट सिलगढी आउने क्रममा धेरैपल्ट उक्त वाहनको नम्बर प्लेट तिनीहरूले बदली गरेको साथै पुलिसको आँखा छल्न वाहनमा डाक्टरको साङ्केतिक चिन्ह प्रयोग पनि गरिएको थियो। गोप्य सूत्रको आधारमा एनजेपी थाना पुलिसले फुलबारीबाट चोरी गरेको वाहन सहित उक्त दुईजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *