उत्तर पूर्व सीमान्त रेलवेका जेनेरल म्यानेजर सञ्जीब राय दुई दिने दार्जिलिङ भ्रमणमा

सिलगढी : दार्जिलिङ हिमालयन रेलवेको वर्तमान परिस्थितिको निरीक्षण गर्न उत्तर पूर्व सीमान्त रेलवेका जेनेरल म्यानेजर सञ्जीब राय दुई दिने दार्जिलिङ भ्रमणमा आएका छन्। आज बिहान तिनी सुकनादेखि टोय ट्रेनमार्फत् रङटङसम्म पुगेपछि सडक मार्ग भएर दार्जिलिङ प्रस्थान गरे। रङटङ पुगेपछि पत्रकारहरूसित कुराकानी गर्दै तिनले पैह्रोको कारणले गर्दा हालसम्म एनजेपी-दार्जिलिङ टोय ट्रेन बन्द रहेको छ भने जय राइट चालू गर्ने तिनले बताए। यसको लागि आफूहरू तयार रहे तापनि राज्य सरकारको अनुमतिबिना उक्त परिसेवा चालू नगरिने तिनले बताए। आफूहरू राज्य सरकारको अनुमतिको प्रतीक्षामा रहेको बताउँदै यसबारे जिल्लाशासकलाई आवेदन गरिसकेको तिनले जनाए। तर हालसम्म जिल्लाशासकले कुनै सङ्केत नदिए तापनि आफूहरूको प्रयास जारी रहने तिनले आश्वसान दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *