उत्तर पूर्वीय भारतलाई कृषि विकासको लागि केन्द्र सरकारले विशेष पहल गरिरहेको छ :  मन्त्री कैलाश चौधरी

सिलगढी : देशका अन्य ठाउँहरूमा झैँ उत्तर पूर्वीय भारतमा पनि कृषि विकासको लागि केन्द्र सरकारले विशेष पहल गरिरहेको छ। दिल्लीबाट  विमानमार्फत् बाघडुग्रा आइपुगेपछि आज बिहान भाजपा केन्द्रीय कृषि राज्य मन्त्री कैलाश चौधरीले यस प्रकारको मन्तव्य पोखेका हुन्। आज बिहान कैलाश चौधरी बाघडुग्रा विमानअड्डामा ओर्लिएपछि भाजपाका नेता तथा कार्यकर्ताहरूले तिनलाई भव्य स्वागत जनाए।


यस अवसरमा सांसद जयन्त राय, अरूण मण्डल, मानिक सिंह लगायत भाजपाका अन्य कार्यकर्ताहरू उपस्थित थिए। मन्त्री कैलाश चौधरीले भने, उत्तर पूर्व भारतमा कृषि विकासमाथि प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष ध्यान दिइरहेका छन्। यस क्षेत्रलाई देशको मूल अन्य भागहरूसित कसरी जोड्न सकिन्छ भन्ने विषयमा केन्द्र सरकारले कार्य गरिरहेको बताउँदै तिनले जैविक खेतीको लागि सिक्किम देशमै सर्वश्रेष्ठ रहेको   बताए। यसबाहेक कृषकहरूलाई आत्मनिर्भर बनाउन साथै तिनीहरूको आय दुई गुणा अझ बढाउन केन्द्र सरकारले कार्य गरिरहेको बताउँदै कृषि कानुनलाई कृषकहरूले स्वागत जनाइरहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *