उत्तर सिक्किमको लाचुङ भ्यालीमा व्यापक हिमपात

गान्तोक : गत रातभरि परेको व्यापक हिमपातपछि आज उत्तर सिक्किमको लाचुङ भ्याली हिउँले सेताम्मे डाकेको छ। उत्तर सिक्किम जाने सडकलाई पनि पूर्ण रूपले हिउँले डाकेकोले गर्दा सडक अवरोध बन्न पुगेको छ। यसबाहेक छाङ्गु लेक अनि इन्डो चाइना बर्डर क्षेत्रमा पनि व्यापक हिमपात परेकोले गर्दा सडकहरू बन्द भएकोले उत्तर सिक्किम अनि नथुला बर्डर जानको निम्ति पर्यटकहरूलाई सम्बन्धित विभागले पास(अनुमति) रोकेको छ।


यसरी उत्तर सिक्किम अनि इन्डो चाइना बर्डरलगायत अन्य क्षेत्रहरूमा व्यापक हिमपात परेपछि राजधानी गान्तोकमा पनि तापक्रम घटेर आज दिउँसो 8 डिग्री सेल्सियस पुगेको छ। यसको साथै जाडो अधिक बढेकोले गर्दा सहरमा आज मानिसहरूको चहल-पहल अन्य दिनको तुलनामा कम देखियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *