भ्याक्सिनबारे खरसाङ नगरपालिकाका नगर पार्षदहरूद्वारा खरसाङ एसडीएमओ-लाई ज्ञापन

खरसाङ : खरसाङ नगरपालिका क्षेत्रका जनताको जनगुनासो लिएर जनहितको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर खरसाङ नगरपालिकाका नगर पार्षद-पार्षदिकाहरूको एउटा टोलीले खरसाङ महकुमा अस्पतालका एसडीएमओ-सित हिजो तिनकै कार्यालयमा भेट गरे। यसावधि नगर पार्षदहरूले नगरपालिका क्षेत्रमा आ-आफ्नो वार्डहरूमा भ्याक्सिन लगाउने कार्य गरिदिने अनुरोध गर्दै ज्ञापन दिएको बताइएको छ। उक्त ज्ञापनपछि एसडीएमओ-ले यो मेरो जुडिसल नरहेको यसर्थ यसको लागि सीएचएमओ-बाट अनुमोदन भए आफ्नोबाट सहयोग गर्ने बताएकी छन्। अर्कोतिर, जबसम्म नगरपालिकाको नयाँ अध्यक्षको चयन नभएसम्म खरसाङ नगरपालिकाको वार्डवासीहरुलाई पनि भ्याक्सिन लगाउने चाँजो मिलाइदिने अनुरोध गरेका छौं भनी नगर पार्षदहरूले बताएका छन्। यो महामारीमा कोभिड संक्रमणको सरकारी नियम अनुसार पालै पिलो वार्ड-वार्डबाट पठाउन आ-आफ्नो क्षेत्रीय नगर-पार्षद पार्षदिकाहरूसँग सम्पर्क गरेर अगावै रेजिस्ट्रेसन गरिने अनि गाउँ -समाजका पदाधिकारिहरुको परामर्श अनुसार वार्डका गाउँ घरमा दैनिक रोजगार गर्ने, कसैको घरमा साफ-सफाई गर्ने, गाउँ घरमा कसैको प्राइभेट गाडी चलाउने, जस्तै गाउँ-घरमा जनमानससँग झट्टै सम्पर्क आइहाल्नेहरूलाई प्रथममा भ्याकसिन लगाउन सहयोग गरिदिने अनुरोध गरेको छौ भनी बताएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *