भ्याक्सिनको दोस्रो खोप लगाउन नपाएपछि वृद्धहरूद्वारा क्षोभ प्रकट

जयगाउँ : कोरोनाको पहिलो खोप लगाएको तीन महिना बितिसक्दा पनि जयगाउँमा कोरोना भ्याक्सिनको दोस्रो खोप उपलब्ध छैन। अलिपुरद्वार जिल्लाको जयगाउँ प्राथमिक स्वास्थ्य केन्द्रमा आज बिहानैदेखि धेरैजना मानिसहरू भ्याक्सिन लगाउनको लागि लाइनमा उभिए तापनि कोरोनाको दोस्रो खोप लगाउन नपाएपछि वृद्ध नागरिकहरूले क्षोभ प्रकट गरे। भ्याक्सिन लगाउन आएका एकजना वृद्धले कोरोना भ्याक्सिनको पहिलो डोज लगाएको तीन महिना बितिसक्दा पनि दोस्रो डोज लगाउन आउँदा प्रतिदिन भ्याक्सिन नभएकोले घर फर्किनपरेको बताए। कोरोना भ्याक्सिनको दोस्रो डोज कहिले उपलब्ध हुनेछ भन्ने बारेमा पनि स्वास्थ्य कर्मीहरूले सटीक जानकारी दिन नसकेपछि आफूहरूलाई निक्कै असुविधाको सामना गर्न परिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *