भ्याक्सिनको लागि व्हाट्सएपमा ‘Hi’ लेख्नुपर्ने

अलिपुरद्वार : व्हाट्सएपमा ‘Hi’ लेखेर पठाएपछि मानिसहरूलाई कोरोनाको भ्याक्सिन उपलब्ध गराइनेछ। अलिपुरद्वार जिल्ला प्रशासनको पहलमा यहाँको इन्डोर स्टेडियममा आजदेखि कोरोनाको टीकाकरण चलिरहेको छ। जिल्लाशासक सुरेन्द्र कुमार मीनाले आज पत्रकारहरूसित कुराकानी गर्दै भने, जिल्ला प्रशासनको तर्फबाट एउटा व्हाट्सएप नम्बर जारी गरेको छ।


कोरोनाको भ्याक्सिनको लागि मानिसहरूले उक्त नम्बरमा ‘Hi’ लेखेर पठाएपछि सबै जानकारीको साथमा पञ्जीकरण गरेर तिनीहरूलाई कोरोनाको खोप लगाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *