भ्याक्सिन लगाउनको लागि मेडिकल कलेजमा मानिसहरूले बिताए 36 घण्टा लाइनमा

सिलगढी : कोरोनाको भ्याक्सिन लगाउनको लागि मानिसहरू उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा आइतबार साँझदेखि नै 36 घण्टाभन्दा अधिक समयसम्म लाइनमा उभिएका छन्। ती मध्ये अधिकांश मानिसहरूले सोमबार पनि भ्याक्सिन लगाउनको लागि कुपन नपाएपछि तिनीहरूले अस्पताल परिसरमै रात बिताए। सिलगढीको भिन्न-भिन्नै ठाउँबाट आएका मानिसहरूले मेडिकलको टीकाकरण केन्द्र अघि रातभरि पर्खिरहे। टीकाकरणको लागि मेडिकल कलेज लगायत सिलगढी महकुमा अस्पताल र स्वास्थ्य केन्द्रहरू बाहिर मानिसहरूको लामो लाइन देखिरहेको छ। पर्याप्त भ्याक्सिन नभएकोले गर्दा नै यस प्रकारको समस्या भइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *