भ्याक्सिन लगाउन नपाएपछि महिलाहरूद्वारा क्षोभ प्रकट

खोरीबारी : खोरीबारी ब्लकको बाजारूजोत स्वास्थ्य केन्द्रमा कोरोना भ्याक्सिन उपलब्ध नरहेकोले महिलाहरूद्वारा क्षोभ प्रकट गरियो। प्राप्त जानकारी अनुसार बाजारूजोतस्थित उप स्वास्थ्य केन्द्रमा आज मानिसहरू कोरोनाको भ्याक्सिन लगाइरहेको थियो। उक्त केन्द्रमा केवल 200 जनालाई मात्र भ्याक्सिन दिइने भए तापनि भ्याक्सिन लगाउनको लागि धेरै संख्यामा मानिसहरू लाइनमा उभिएका थिए। घण्टौँसम्म लाइनमा उभिए तापनि भ्याक्सिन लगाउन नपाएपछि महिलाहरूद्वारा क्षोभ प्रकट गरियो। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्यायो। भ्याक्सिन लगाउनको लागि मानिसहरूले धेरै समस्याको सामना गर्न परिरहेको कृष्ण शर्माले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *