भ्याक्सिन नपाएपछि मानिसहरूद्वारा मेडिकल कलेजमा विक्षोभ

सिलगढी : कोरोनाको भ्याक्सिन लगाउन नपाएपछि साधारण मानिसहरूले उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा विक्षोभ प्रदर्शन गरे। भ्याक्सिन लगाउन आएका मानिसहरूको आरोप अनुसार गत मंगलबार कोरोनाको भ्याक्सिन लगाउन मेडिकल कलेजमा गए तापनि भ्याक्सिन उपलब्ध नरहेकोले आज आउने सल्लाह दिएका थिए। यसैले भ्याक्सिन लगाउनको लागि आज बिहानैदेखि घण्टौसम्म लाइनमा उभिएपछि अस्पताल कर्तृपक्षले भ्याक्सिन उपलब्ध नरहेकोबारे एउटा नोटिस टाँसिदिएको बताइएको छ। यस सम्बन्धमा उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालका सहकारी डीन जगदीश विश्वासले भ्याक्सिनको आपूर्ति सटीक रूपमा नभएकोले गर्दा नै कोरोनाको भ्याक्सिन लगाउनमा समस्या भइरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *