भ्यालेन्टाइन डे-को अवसरमा सिलगढीको पार्क, जङ्गल तथा सपिङ मलहरूमा पुलिसको नजरदारी

सिलगढी : भ्यालेन्टाइन डे-मा सिलगढी मेट्रोपोलिटन पुलिसले यहाँको विभिन्न पार्क, जङ्गल तथा सपिङ मलहरूमा विशेष नजर राखिरहेको छ। भ्यालेन्टाइन डे-को अवसरमा आज बिहानैदेखि सहरको पार्कहरू तथा सहर संलग्न सबै जङ्गल अनि सपिङ मलमा पुलिसले विशेष नजरदारी गरिरहेको छ। सहरको विभिन्न पार्कहरूमा प्रत्येक थानाको तर्फबाट पुलिस बल तैनात गरेको छ भने महिला पुलिसको विनर्स दस्ताले भिन्ना-भिन्नै ठाउँमा पेट्रोलिङ गरिरहेको छ। कहिलेकाहीँ पार्क, सपिङ मल र सहर नजिकैको जङ्गलमा इभ-टिजिङ लगायत मादक पदार्थ सेवन गरेर झमेला गरेको साथै अश्लिल व्यवहार गरेको अभियोग उठिरहेको छ। यसैले यस्ता घटनाहरू नहोस् भन्ने उद्देश्य लिएर भ्यालेनटाइन डे-को अवसरमा पुलिसद्वारा विशेष नजरदारी गरिरहेको छ। सहरको विभिन्न पार्कहरूमा पुलिसको टहरदारी गर्नको साथै विनर्स टोलीले सहरको विभिन्न ठाउँमा पेट्रोलिङ गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *