भलिबल प्रतियोगितामा खरसाङको हिमाली बोर्डिङ स्कूल र मिरिकको लुइस स्कूल च्याम्पियन

खरसाङ (निसं): खरसाङ गोर्खा पार्वत्य खेलकुद संघको आयोजनामा आज खरसाङको चाँदमारी खेल मैदानमा एक दिवसीय भलिबल खेल सम्पन्न भयो। विद्यालय स्तरीय उक्त भलिबल कार्निभलमा बोइस र गर्ल्स गरी दुईवटा क्याटोगरीमा भलिबल प्रतियोगिता खेलाइएको थियो। उक्त प्रतियोगितामा बोइस क्याटोगरीमा 3 वटा स्कूलले अनि गर्ल्स क्याटोगरीमा 4 वटा स्कूलले भाग लिएको थियो। जसमा मिरिक र खरसाङ क्षेत्रका स्कूलहरूले भाग लिएको थियो। यस एकदिने भलिबल कार्निभल अन्तर्गत बोइस क्याटोगरीमा खरसाङको हिमाली बोर्डिङ स्कूल च्याम्पियन बन्यो भने मिरिकको लुइस अङ्ग्रेजी स्कूल उप विजेता बनेको छ। उक्त बोइस क्याटोगरीको खेलमा हिमाली बोर्डिङ स्कुलको साहिल थापा म्यान अफ् द म्याच चयन भएका छन् । त्यसरी नै अनुशासित टिम खरसाङको ग्लेनहिव़ल पब्लिक स्कूल चयन भएको छ। त्यसरी नै गर्ल्स क्याटोगरीमा मिरिकको लुइस अङ्ग्रेजी स्कूल विजेता बनेको छ भने मिरिककै ग्रिन लन स्कूल उप विजेता बनेको छ। गर्ल्स क्याटोगरीमा प्लेयर अफ् द म्याच लुइस स्कूलकी छात्रा दिया तामाङ चयन भइन् भने प्लेयर अफ् द सिरिज मिरिकको यसै स्कूलकी खेलाड़ी प्रनिता थापा चयन भएका छन् भनी खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सचिव निर्मल गुरुङले जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *