भ्यानका चालक र मालिकलाई पक्राउ गरेपछि अदालतमा पेश

सिलगढी : एनजेपी थाना पुलिसले अवैध रम-रक्सी बोकेको पिकअप भ्यानका चालक र मालिक गत केही दिन अघि घटनास्थलबाट भागे तापनि अन्ततः तिनीहरूलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गरियो। पक्रा परेकाहरू क्रमैले शान साह र अब्दुल राजाको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार गत 19 मईमा फुलबारी इलाकामा अभियान चलाएर एउटा अवैध रम-रक्सी बोकेको वाहनलाई पुलिसले पक्राउ गरे तापनि घटनास्थलबाट वाहन चालकले सुइँकुच्चा ठोकेका थिए। यसपछि घटनाको जाँचमा जुटेका पुलिसले गत राति सूर्यसेन कोलनी एवम् शान्तिपाडा इलाकामा अभियान चलाएर वाहन चालक र मालिकलाई पक्राउ गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *