भीडियो कन्फरेन्समार्फत् विभिन्न मेयरहरूसित बैठक गरे अशोक भट्टाचार्यले

सिलगढी : सिलगढी नगरनिगमको प्रशासक बोर्डका चेयरम्यान अशोक भट्टाचार्यले देशका विभिन्न ठाउँका 7 जना मेयरहरूसँग भीडियो कन्फ्रेन्सको माध्यमद्वारा एउटा बैठक गरे। आज अल इन्डिया इन्स्टिट्युट अफ् लोकल सेल्फ गभर्नमेन्टका डाइरेक्टर जनरल राजीव अग्रवालको तत्वावधानमा मेयर डायलग्स नामक एउटा भीडियो कन्फ्रेन्सको आयोजना गरियो। सिलगढी नगरनिगम बोर्डका चेयरम्यान अशोक भट्टाचार्य लगायत गान्तोक, दुर्गापुर, अहमदाबाद, गाजियाबाद, कोची, मुम्बई र श्रीनगरका मेयरहरू यस भीडियो कन्फ्रेन्समा सामेल थिए। आजको भीडियो कन्फ्रेन्समा कोरोना महामारीसित लड्नको लागि आ-आफ्नो भूमिका र कार्यक्रमहरूबारे मेयरहरूले प्रकाश पारे। बैठकपछि पत्रकारहरूसित कुराकानी गर्दै अशोक भट्टाचार्यले आज कोरोना भाइरस सम्बन्धी विभिन्न मुद्दाहरूमा चर्चा-परिचर्चा गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *