वीर चीला रायको जयन्ती कार्यक्रममा अंश ग्रहण गर्न मुख्यमन्त्री पुगे कुचबिहार  

कुचबिहार: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी आज कुचबिहार आइपुगिन्। तिनी आज हेलीकप्टर मार्फत् कुचबिहार एबीएन शील कलेजको हेलीप्याडमा ओर्लिन्। यस अवसरमा तिनलाई स्वागत जनाउन शिक्षा विभागका राज्य मन्त्री परेश चन्द्र अधिकारी, उत्तरबंग राज्य परिवहन संस्थाका चेयरम्यान पार्थ प्रतिम राय, कुचबिहारका जिल्लाशासक पवन कादियान लगायत अन्य उपस्थित थिए। मुख्यमन्त्री त्यहाँबाट सोझै कुचबिहार सर्किट हाउसको लागि प्रस्थान गरिन् भने आज तिनले त्यहीँ रात बिताउनेछिन्। यसपछि तिनले भोलि ग्रेटर कुचबिहार पीपुल्स एसोसिएशनद्वारा आयोजित महान सेनापति वीर चिल्ला रायको जन्मजयन्ती कार्यक्रममा अंश ग्रहण गर्ने भएकी छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *