भिन्न-भिन्नै चोरीको घटनामा 4 जना पक्राउ

सिलगढी (निसं): सिलगढी मेट्रोपलिटन पुलिसको भक्तिनगर थाना पुलिसले भिन्न-भिन्नै चोरीको मामिलामा 4 जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा सुरजीत चक्रवर्ती, अमित प्रसाद, चन्दन बर्मन र गोपाल दास सामेल छन्। प्राप्त जानकारी अनुसार, इस्कन रोडस्थित अनि दुर्गा नगर कलोनीको घरमा चोरीको घटना भएको थियो। दुवै घरबाट बदमाशहरूले स्मार्ट फोन, एटीएम कार्ड, बिजलीको तार लगायत केही बहूमूल्य सामान चोरी गरेका थिए। भक्तिनगर थानामा दुवै चोरीको घटनाबारे लिखित अभियोग दर्ता गरेपछि जाँच शुरू गरेको थियो। जाँच अवधि भक्तिनगर थाना पुलिसले दुवै मामिलामा चारजना बदमाशलाई पक्राउ गरेको छ। तिनीहरूबाट पुलिसले चोरी भएको सामान पनि उद्धार गरेको छ। पुलिसले आज चारैजना आरोपीलाई जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *