भीआईपी रोड बेहाल अवस्थामा रहेकोले स्थानीय मानिसहरूद्वारा क्षोभ प्रकट

सिलगढी : एनजेपी स्टेसनदेखि तीनबत्ती मोडसम्म भीआईपी रोड बेहाल अवस्थामा रहेको छ। यसलाई लिएर प्रशासनले कुनै पहल नगरेकोले स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे। प्राप्त जानकारीअनुसार भीआईपी रोड भएर दिनहुँ धेरैजना मानिसहरू आवत-जावत गर्ने गर्दछन्। धेरै दिनदेखि उक्त सडक बेहाल अवस्थामा रहेकोले साधारण मानिसहरूले निक्कै असुविधाको सामना गर्न परिरहेको छ। तथापि, प्रशासनले उक्त सडकको मरमतिको लागि कुनै पहल नगरेको आरोप लगाउँदै स्थानीय मानिसहरूले क्षोभ प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *