भीआईपी रोडमा ट्याङ्करहरूको आवाजाहीमा रोक, ट्याङ्कर मालिक तथा चालकहरूले गरे सड़क जाम

सिलगढी : एनजेपीको भीआईपी रोड जर्जर अवस्थामा रहेकोले गर्दा यहाँ प्रायःजसो दुर्घटना हुने गर्दछ। उक्त रोडमा केही दिन अघि पनि सडक दुर्घटनामा एकजना छात्रको मृत्यु भएको थियो। उक्त घटनापछि प्रशासनले सड़कको मरमति कार्य शुरू गरेको छ। उक्त सडक भएर ठुल्ठुला वाहनहरूको आवाजाहीमा केही प्रतिबन्ध लगाइएकोले गर्दा बिहान र साँझको समयमा नियमित रूपमा ठुल्ठुला वाहनहरूको आवाजाहीमा रोक लगाइएको छ। पुलिस प्रशासनले आज उक्त रोड भएर तेलको ट्याङ्करहरूको आवाजाहीमा पनि रोक लगाउने निर्देश दिएको छ। यसपछि ट्याङ्कर मालिक तथा चालकहरूले क्षोभ प्रकट गरे। आज बिहान ट्याङ्कर मालिक तथा चालकहरूले आईओसी रोडमा वाहनहरूको आवाजाही बन्द गरेर विरोध प्रदर्शन गरे। प्रदर्शनकारीहरूले बताएअनुसार यस प्रकारको गाइड लाइन ट्याङ्करहरूलाई मात्र किन लगाइएको हो, अन्य वाहनहरूलाई किन छुट दिएको छ? सबै वाहनहरूलाई एकै प्रकारको नियम लागू गर्नुपर्ने। जबसम्म प्रशासनद्वारा कुनै कदम उठाउँदैन तबसम्म सडक जाम नहटाउने प्रदर्शनकारीहरूले बताए। घटनाको खबर पाएर एनजेपी पुलिस घटनास्थलमा पुगेर आश्वासन दिएपछि प्रदर्शनकारीहरूले उक्त सड़क जाम हटाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *