विविध कार्यक्रमको साथमा मिरिकमा 74औँ स्वतन्त्रता दिवस पालन

मिरिक : अन्य ठाउँहरूमा झैँ यता मिरिकमा पनि आज 74 औँ स्वतन्त्रता दिवस विविध कार्यक्रमहरूको साथमा पालन गरियो। मिरिकमा 74औँ स्वतन्त्रता दिवस विविध कार्यक्रमहरूको साथमा पालन गरियो। मिरिक नगरपालिका, मिरिक महकुमा कार्यालय, मिरिक खण्ड विकास कार्यालय, मिरिक पुलिस स्टेशन अनि मिरिक स्वस्थ्य केन्द्र लगायत पारिजात सङ्घ मिरिक बजार, व्यवसाय संगठन, एक्स सर्भिसमेन युनाइटेड थर्बु एलडी, मिरिक अञ्चल भूतपूर्व सैनिक सङ्गठनले राष्ट्रिय झण्डा उत्तोलन गरेपछि राष्ट्रिय गीत गाएर स्वतन्त्रता दिवस पालन गर्यो।


यस अवसरमा मिरिक नगरपालिकाले मिरिक महकुमा भित्रका माध्यमिक, उच्च माध्यमिक, आईसीएससी, आईएससी, सीबीएससी-मा 90 प्रतिशतभन्दा अधिक प्रतिशत अङ्क ल्याउने विद्यार्थीहरूलाई नगद राशिसहित सम्मानपत्रले सम्मानित जनाइयो। यसको साथै एनसीसीमा अब्बल हुने विद्यार्थी लगायत नगरपालिकाका सफाइकर्मी तथा स्वस्थ्य कर्मीहरूलाई पनि सम्मान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.