विविध मागमा उत्तरबंग सफाई कर्मचारी समितिद्वारा र्‍यालीको आयोजना

सिलगढी : स्थायी नौकरी, वेतन वृद्धि लगायत अन्य विविध मागहरूलाई लिएर उत्तरबंग सफाई कर्मचारी समितिले आज सिलगढीमा एउटा र्‍याली निकाल्यो। गत जनवरी महिनामा तिनीहरूले 9 सुत्रीय मागलाई लिएर सिलगढी नगरनिगममा एउटा ज्ञापन चढाए तापनि हालसम्म कुनै पहल नगरेकोले गर्दा नै आज बाध्य भएर तिनीहरू सडकमा ओर्लिएको बताइएको छ। उत्तरबंग सफाई कर्मचारी समितिका अध्यक्ष किरण राउतले बताएअनुसार यदि आफूहरूको माग पुरा नभए भोलि अर्थात् 11 फरवरीदेखि नगरनिगमका सफाई कर्मचारीहरूले काम बन्द राख्नेछन्। माग पुरा नभएसम्म आफूहरूको आन्दोलन जारी रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *