भोइस अफ् किड्स प्रतियोगितामा मिन्छमाको जीतको लागि दार्जिलिङ सोसाइटी अफ न्युयोर्कद्वारा 70 हजार प्रदान

मिरिक : भोइस अफ् किड्स नेपाल प्रतियोगिताको अन्तिम चरणमा पुग्न सफल बनेकी मिरिककी छोरी मिनछामा राईलाई विजयी बनाउनको लागि हाल देश-विदेशका विभिन्न सङ्घ-संस्थानहरू अघि आइरहेको छ। यसैक्रममा हाल अमेरिकामा बसोवास गर्दै आइरहेका दार्जिलिङ पहाडका नागरिकहरुको संस्था दार्जिलिङ सोसाइटी अफ न्युयोर्कको तर्फबाट पनि आज 70 हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। छिमेकी देश नेपालको सबैभन्दा प्रतिष्ठित गायन प्रतियोगिता ‘भोइस अफ् किड्स नेपाल’-को अन्तिम चरणमा पुगिसकेकी मिनछामा राईलाई विजय बनाउनको लागि भोटिङको आवश्यक्ता पर्ने हुनाले दार्जिलिङ सोसाइटी अफ न्युयोर्कका प्रतिनिधिहरुले आशिर्वादसहित आर्थिक सहयोग गरेको बताइएको छ। मिनछामाको पिता सुबोध राईलाई मिरिकमा भेट गरेर आज उक्त रूपियाँ प्रदान गरियो। यस अवसरमा मिनछामाका पिता सुबोध राईले हर्ष व्यक्त गर्दै दार्जिलिङ सोसाइटी अफ न्युयोर्कका सहयोगी मनहरुप्रति आभार प्रकट गरेका छन्। मिनछामालाई द भोइस यात्रा‌को शुरुवातमा आफुहरुले यस प्रकारको माया अनि सहयोगको अपेक्षा नराखेको तर प्रतियोगितामा आफ्नो गायन कलाले तिनी जति अघि बढ्दै गयो, उतिनै नानीप्रति माया, आशिर्वाद तथा हाल आर्थिक सहयोग पनि प्राप्त भइरहेको मिनछामाको पिता सुबोध राईले बताए। दार्जिलिङ सोसाइटी अफ न्युयोर्कका 25 सदस्य टोलीले प्रदान गरेको 70 हजार रुपियाँ आफुले प्राप्त गरेको अनि उक्त रकमले आवश्य पनि मिनछामालाई विजयी बनाउनमा ठूलो सहयोग हुने कुरामा आफु आशावादी रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *