भोइस अफ नेपालका प्रतियोगी पेमा दिछेन तामाङलाई विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग

दार्जिलिङ : जोरबोङ्लो निवासी बालिका पेमा दिछेन तामाङ केवल आठ वर्षको उमेरमा आफ्नो सुमधुर स्वरको कारण नेपालमा सम्पन्न भइरहेको भोइस अफ नेपाल प्रतियोगितामा भोटिङ राउण्डमा पुग्न सफल भएकी छन्। तिनलाई थप सहयोग पुर्‍याउन जोरबङ्लोका स्थानीय फ्रेण्ड्स क्लब अघि आएको छ। यसै क्रममा क्लबका सदस्यहरूले विधायक निरज जिम्बालाई भेटघाट गरेर सहयोगको अपील गरेका थिए भने पेमा दिछेन तामाङलाई प्रोत्साहन दिन सहयोग पुर्‍याउँदै तिनले आफ्नो एक महिनाको तलब चेक मार्फत क्लबका सदस्यहरूलाई हस्तान्तरण गरेका छन्। विधायक निरज जिम्बाले बालिका पेमा दिछेन तामाङलाई अग्रिम शुभकामना दिँदै यतिको उमेरमा आफ्नो उत्कृष्ट कला प्रदर्शन गर्नु भनेको हाम्रो निम्ति गौरवको कुरा हो। तिनलाई सहयोग पुर्‍याउन तपाईं हामी सबैको कर्तव्य रहेकोले सबैले सहयोग पुर्‍याए थप बल मिल्ने छ अनि मेरो तर्फबाट यो एउटा सानो सहयोग मात्र हो भनी विधायक जिम्बाले बताए। फ्रेण्ड्स क्लबका सदस्यहरूले बिधायक निरज जिम्बालाई यस सहयोगको निम्ति  धन्यवाद दिँदै आभार व्यक्त गरे। यसको साथै तिनीहरूले सम्पूर्ण राजनैतिक दल, संघ-संस्थाहरूलाई पनि पेमा दिछेन तामाङलाई सहयोग पुर्‍याउने अपील पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *