भोइस अफ् नेपालको टप 12-मा पुग्ने सिक्किमका रवि गहतराजलाई मुख्यमन्त्री गोलेद्वारा 5 लाख सहयोग

सिलगढी: भोइस अफ नेपाल सिजन 3-को गायन प्रतियोगितामा भाग लिने सिक्किमका प्रतियोगी रवि गहतराजको परिवारसँगको भेटमा सिक्किमका मुख्यमन्त्री पीएस गोलेले आर्तिक सहयोग दिएका छन्। तिनले सहयोगको रुपमा 5 लाख रुपियाँको सहयोग गर्नको साथै जीतको लागि आशिर्वाद तथा अग्रिम शुभकामना व्यक्त गरेका छन् । यसबारे स्वयम् मुख्यमन्त्रीको आधिकारिक फेसबुक पेजमार्फत जनाइएको छ । स्मरण रहोस, हाल छिमेकी देश नेपालमा सम्पन्न भइरहेको भोइस अफ नेपाल सिजन 3 -को गायन प्रतियोगितामा सिक्किमका प्रतियोगी रवि गहतराज सहित यता दार्जिलिङ जिल्लाको ग्लेन्वर्न निवासी आर्यन तामाङ पनि शीर्ष 12 मा पुगेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *