भोइस अफ् नेपाल रियालिटी सो-को टप 12-मा पुग्ने आर्यन तामाङलाई भोट दिने सबैसित अनित थापाको अपील

खरसाङ : भोइस अफ् नेपाल रियालिटी सो-मा आफ्नो सुमधुर आवाजको जादुले अघि बढ्दै अन्तिम 12 मा पुग्न सफल बनेका दार्जिलिङ पहाडको छोरा आर्यन तामाङको उपलब्धि दार्जिलिङवासीको निम्ति गर्वको कुरा हो। अब भोटिङ मार्फत् अघिल्लो राउण्डमा पुग्ने हुने भएकोले गर्दा नै खरसाङमा गायक आर्यनका पिता तथा फ्यान्स अफ् आर्यनका सदस्यहरूले आज जीटीएका पूर्व चेयरम्यान तथा गोजमुमो महासचिव अनित थापासित भेट गरे। यस अवसरमा अनित थापाले छोरो आर्यनले भोइस अफ् नेपालको खिताब जितेर आओस् भन्दै शुभकामना दिनको साथै आफ्नो तर्फबाट हुनसक्ने सहयोग गर्ने वचन दिएका छन्। यसको साथै तिनले दार्जिलिङ पहाड लगायत संसारभरिमै छरिएर बसेका विशेष गोर्खाहरूलाई अपील गर्दै आर्यनलाई भोट दिएर जिताउने अपील पनि गरेका छन्। यस अवसरमा अनित थापाले भने, आर्यन केवल दार्जिलिङ पहाडको छोरो मात्र होइनन् अपितु तिनी हाम्रा फुल्दै गरेका भविष्यको विभूति पनि हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *