वाहन अनियन्त्रित भएर दोकानभित्र पस्दा क्षतिग्रस्त

सिलगढी : मतिगढा हरसुन्दर उच्च माध्यमिक विद्यालय नजिक आज बिहान एउटा ट्रक दुर्घटनाग्रस्त भएको समाचार प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार उक्त ट्रक अनियन्त्रित भएर दोकानभित्र पस्दा दोकान पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। तथापि, उक्त दुर्घटनामा कसैको ज्यानलाई कुनै प्रकारको क्षति नभएको बताइएको छ। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको पुलिस सुत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *