वाहन अनियन्त्रित भएर जलाशयमा पल्टिदा 2 जना घाइते

राजगञ्ज: अनियन्त्रित भएर सडक किनारको जलाशयमा वाहन पल्टिदा 2 जना घाइते भएका छन्। उक्त घटना सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको गन्डारमोड संलग्न इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज एउटा वाहन सिलगढीबाट जलपाईगढीतर्फ गइरहेको समय गन्डारमोड संलग्न इलाकामा वाहन अनियन्त्रित भएर सडक किनारको जलाशयमा पल्टिदा वाहनमा सवार 2 जना घाइते भएको बताइएको छ। घाइतेहरूलाई उद्धार गरेर फुलबारीको एउटा गैर सरकारी अस्पतालमा पठाइएको छ। घटनाको खबर पाएर जलपाईमोड हाईवे ट्राफिक आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर वाहन उद्धार गरेर थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *