वाहन अनियन्त्रित भएर रेलिङमा ठोक्किँदा 2 जना घाइते

खोरीबारी : एसियन हाईवे 2 राष्ट्रिय राजमार्गमा वाहन अनियन्त्रित भएर रेलिङमा ठोक्किँदा 2 जना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार आज एउटा वाहन सिलगढीबाट नेपालतर्फ गइरहेको समय भारत-नेपाल सीमावर्ती इलाकाको पानीट्याङ्की फ्लाईओभरमा वाहन अनियन्त्रित भएर रेलिङमा धक्का दिँदा चालक लगायत वाहनमा सवार युवक घाइते भएको छ। घटनाको खबर पाएर पानीट्याङ्की आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *